Posts

Showing posts from December, 2024

Unit 1: Sahidharuko Samjhana Ma (Poem)

Image
Unit -1.  सहिदहरूको सम्झनामा (कविता) शब्दभण्डार   १. दिइएका अर्थ आउने शब्द 'सहिदहरूको सम्झनामा' कविताबाट खोजेर लेख्नुहोस् : Answer 👉  (क) रातोपन, लालिमा :- लाली (ख) रोप्न वा छर्न राखिएको अन्न आदिका गेडा :- बिउ (ग) एक पटकमा मुखमा हाली खाइने खानेकुरा :- गाँस (घ) पृथ्वी, जमिन :- घर्ती (ड) प्रगति, अभिवृद्धि :- उन्नति     २. दिइएका लय मिल्ने शब्द पढी लेख्नुहोस् :  Answer 👉 read in classroom लहरा : छहरा  सुरिलो : कुरिलो  जङ्गल : मङ्गल  लुसुक्क : मुसुक्क  सगर : बगर लायक : गायक     ३. दिइएका शब्दका लय मिल्ने दुई दुईओटा शब्द लेख्नुहोस् :  Answer 👉  वीर : शिर, बिर पहरा : छहरा, लहरा रसिलो : पोसिलो, मलिलो असार : कसार, भसार  पाखा : काखा  दासता : हाँस्ता     ४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :  Answer 👉  सपुत : तिमी देशको सपुत बन्नुपर्छ । मुलुक : हाम्रो मुलुक विकासको गतिमा लम्किँदै छ । बिउ : आँपको बिउ कोया हो।  कर्तव्य : नागरिकको कर्तव्य देशको हरेक परिस्थितिमा साथ दिनु हो। आका...

Unit - 2 Saakar Sapana (Katha)

Image
Unit - 2 साकार सपना (कथा) शब्दभण्डार २. दिइएका पर्यायवाची शब्दबिच जोडा मिलाउनुहोस् :  Answer 👉  उचित - उपयुक्त सुनसान - एकान्त चलाख - बाठो आभूषण - गहना क्रोध - रिस उद्यान - बगैँचा  हावा - पवन     ३. दिइएका अर्थ आउने शब्द 'साकार सपना' कथाबाट खोजेर लेख्नुहोस् :   Answer 👉  (क) राय, सुझाव : सल्लाह (ख) होसहवास हराउनु : सातोपुत्लो उड्नु (ग) हैकम जमाउने काम : प्रभुत्व (घ) सत्यानाश पार्नु : सखाप (ङ) बाटामा बरपिपलको वरिपरि बस्न हुने गरी बनाइएको ठाउँ : चौतारी     ४. 'साकार सपना' कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :   Answer 👉  सैनिक : सेना : नेपाली सेना विश्वमै बहादुर मानिन्छ । हस्त : हात : कसैसँग पनि हात फैलाएर माग्नु राम्रो बानी होइन ।  जित : विजय : प्राय: युद्धमा नेपालीले विजय हासिल गरेको देखिन्छ ।  चिह्न : प्रतीक : खुकुरी नेपालीहरूको वीरताको प्रतीक हो।  लाल : रातो : नेपालीको रातो, चन्द्र र सूर्य जङ्गी निशान हो । तारिफ : प्रशंसा : राम्रो कामको सबैले प...

Unit 3: Swami Prapannacharya (Jeevani)

Image
Unit - 3.  स्वामी प्रपन्नाचार्य (जीवनी)   शब्दभण्डार   १. दिइएका विपरीतार्थी शब्दबिच जोडा मिलाउनुहोस् :  Answer 👉  उत्थान : पतन सापेक्ष : निरपेक्ष पूर्वीय : पाश्चात्य सुलभ : दुर्लभ स्वतन्त्र : परतन्त्र     २. साथीसँग छलफल गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :   Answer 👉  चुनौती : कसैलाई कुनै विषयमा दिइने उत्तेजक आहृवान, हाँक, ललकार  न्वारन : बालकको नाम राख्न गरिने संस्कार  धारणा : कुनै कुरा मनमा धारण गरिने शक्ति, धारण गरिने अवस्था  व्यावहारिक : व्यवहार जानेको, व्यवहारअनुकूल हुन जान्ने  लोकहित : लोकको भलाइ  प्रेरणा : कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया, हौसला वा उत्साह  आजीवन : जिन्दगीभर, बाँचुन्जेल  अमर: कहिल्यै नमर्ने  शाकाहारी : माछामासु आदि नखाने, सात्त्विक भोजन गर्ने  प्रवचन : धार्मिक वा नैतिक विषयमा गरिने भाषण     ३. 'स्वामी प्रपन्नाचार्य' जीवनीको पहिलो अनुच्छेदबाट दिइएका शब्दको विपरीत अर्थ खोजेर लेख्नुहोस् :   Answer 👉  मरण : जीवन,  अनावश...

Unit 4: Byawasayik Chitthi

Image
Unit - 4 व्यावसायिक चिठी   शब्दभण्डार   १. दिइएका शब्दको अर्थ लेख्नुहोस्:  Answer 👉  व्यवस्थापक - कुनै कामकुराको व्यवस्था मिलाउने निर्मित - बनाइसकिएको, बनेको, तयार, रचित भौचर - कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद संलग्न - कुनै काममा लागेको, लीन भएको, जोरीएको  अनुरोध - कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नकानिम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम, बिन्तीभाउ बहुउपयोगी - धेरै काममा प्रयोग गर्न हुने वा सकिने उद्योग - कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम     २. दिइएको अनुच्छेदमा प्रयोग भएका समूहवाची शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्:  Answer 👉  सैनिक - सैनिकले खेलेको परेड हेर्न मन लाग्छ । फौज - नेपाली सेनाका फौज बहादुर छन् । जन्ती - मलाई जन्ती जान खुब रमाइलो लाग्छ । बथान - एउटा भेडा जता गयो भेडाका बथान त्यतै जान्छन् । काँगियो -एक काँगियो केरामा बाह्र ओटा कोसो हुन्छ । झुप्पा - अङ्गुरको झुप्पा देखेर मेरो मुखबाट पानी आयो। ताँती - कमिलाका ताँती हेर्दा बडो आन...

Unit 5: Manav Adhikar (Nibandha)

Image
Unit - 5  मानव अधिकार (निबन्ध)   १. 'मानव अधिकार' निबन्धबाट दिइएका अर्थ बुझाउने शब्द खोजेर लेख्नुहोस् :  Answer 👉  (क) आफूले पूरा गर्नुपर्ने जिम्मेवारी = दायित्व  (ख) आफू जन्मिएको ठाउँ = जन्मभूमि  (ग) आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा = स्वाभिमान (घ) धेरै उमेर भएका नागरिक = जेष्ठ नागरिक (ङ) न्याय दिलाउने ठाउँ = न्यायालय      ३. उपयुक्त समावेशक र समावेश्य शब्दका बिच जोडा मिलाउनुहोस् :  Answer 👉  विषय = गणित चरो = डॉफे धातु = चाँदी देश = नेपाल खेल = फुटबल  ऋतु = हेमन्त हिमाल = सगरमाथा     ४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :   Answer 👉  बाल्यकालीन = बाल्यकालीन समयमा जस्तो आनन्द कुनै समयमा पनि हुँदैन । प्रणाम = हामीले आफूभन्दा ठुलालाई प्रणाम गर्नुपर्छ । दायित्व = म मेरो दायित्व पूरा गर्नेछु । मर्यादा = हामीले आफ्नो मर्यादामा बसेर काम गर्नुपर्छ । बहुभाषिक = साजन बहुभाषिक गुण भएको व्यक्ति हो । विकृति = समाजका विकृति विसङ्गतिलाई जरैदेखि हटाउनुपर्छ । आभास = ओमकार टेलिभिजनमा 'पञ्चामृत' कार्यक्रम हेर्...

Unit - 6, Amar Putra (Story)

Image
Unit - 6 अमर पुत्र (कथा)   शब्दभण्डार   १. दिइएका अनुकरणात्मक शब्दलाई मिल्दो क्रियासँग मिलाउनुहोस् :  Answer 👉  कपाकप - खानु गजधुम्म - पर्नु ट्वाल्ल - पर्नु पिच्च - थुक्नु चुर्लुम्म - डुब्नु दन्दन्ती - बल्नु  निर्थुक्क - भिज्नु डुङडुङ्ती - गनाउनु     २. दिइएका अर्थ आउने शब्द 'अमर पुत्र' कथाबाट खोजेर लेख्नुहोस् :  Answer 👉  (ख) पेस्की : बैना (ग) भर्खरै बनेको : नवनिर्मित (घ) बोली नफुट्ने अवस्था : भक्कानो (ङ) मिसिएको, मिलेको : संयुक्त     ३. 'अमरपुत्र' कथाबाट सातओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् । Answer 👉  टङटङ : मेरो घरनजिकैको जङ्गलमा टङटङ भाँडाको आवाज आइरहेको छ ।   सरासर : म शनिवार सरासर बजार गएँ ।   जुरुक्क : कमलको कुराले समन जुरुक्क उठेर हिँड्यो ।   मुसुमुसु : आमाको कुरा सुनेर छोरो मुसुमुसु हाँस्यो ।   टलपल : बाबाको कुराले बहिनीको आँखामा आँसु टलपल भयो ।   हरर : मेरो घरको नजिकैको बगैंचामा हरर हावा चलिरहेको छ ।   टुलुटुलु : रामले श्यामलाई टुलुटुलु हेर्‍यो ।     ४...